Section 22
कर लेखाङ्कन गर्ने तरिका
(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरुप हुनेछ ।

(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाड्कन गर्नु पर्नेछ:।

तर अदालतमा मुद्दा परी त्यस्तो मुद्दाको निरूपण पश्चात कुनै प्राकृतिक व्यक्तिले रोजगारी बापत विगत आय वर्षहरुको पारिश्रमिक एकमुष्ट भुक्तानी प्राप्त गरेको अवस्थामा कर प्रयोजनका लागि सम्बन्धित आय बर्षमा प्रोदभावी (एक्रयल) आधारमा लेखाङ्डन गर्नु पर्नेछ।

(३) कम्पनीले कर प्रयोजनको लागि एक्रयल आधारमा लेखाड्डन गर्नु पर्नेछ ।

(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रयल आधारमा लेखाङ्कन गर्न सक्नेछ ।

(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीनमा रही कर लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ । त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखाङ्कन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा -विभागले लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ॥

(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको: लेखाड्न तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो : परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरुमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ ।